काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन्। उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै राजीनामाको घोषणा गरेका हुन्।
उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण आफूले राजीनामा दिएको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘प्रिय नेपाली फ्यानहरु…गत ३ सातायता हरेक दिन वरिष्ठ उपाध्यक्षले ममाथि नाटक गरिरहेका कारण म एन्फालाई राजीनामा दिँदैछु, मलाई आशा छ पंकज नेम्वाङ तपाईं खुशी हुनुहुनेछ।’
अब्दुल्लाह एन्फासँगको एक वर्षे सम्झौतामा कतार फुटबल संघको सहयोगमा नेपाल आएका थिए।