अप्पन जनकपुर
जनकपुरधाम : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरियालाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ ।
विभिन्न जिल्लामा राखिएको अगुवा कार्यकर्ता भेलामा सहभागी हुन आज जनकपुरधाम आइपुगेका अध्यक्ष ठाकुर र पूर्वमन्त्री अरगरियाले नेता कार्यकर्ताले भव्य स्वागत गरेका हुन् । स्वागतका लागि प्रदेश २ का पूर्व सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, जसपा साँसद प्रमेश्वर साह लगायतका नेता कार्यकर्ता एयरपोर्ट पुगेका थिए ।
स्वागत गर्न पुगेका नेता कार्यकर्ताहरुले अध्यक्ष ठाकुरको पक्षमा नाराबाजी समेत गरे । ‘अगाडी बढ्नुस्, हामी तपाईको साथमा छौं,’ भन्ने नारा नेता कार्यकर्ताले लगाएका छन् ।