अप्पन जनकपुर
जनकपुरधाम : नवनिर्मित जनकपुरधाम विमानस्थलको फल्स सिलिङ खस्दा एक युवक घाइते भएका छन् ।
जनकपुरधाम विमानस्थलमा फल्स सिलिङमा प्रयोग हुने सिमेन्ट बोर्ड खस्दा धनौजी गाउँपालिका ५ बस्ने ३९ वर्षीय मो. उसलेन खान घाइते भएका हुन् । विमानस्थलको छानामुनि बसिरहेका खानको शरीरमाथि अचानक फल्स सिलिङ खस्दा उनी घाइते भएका छन् ।
विमानस्थलमा यात्रीको प्रतीक्षामा बसिरहेका उसलेन सवारी चालक रहेको विमानस्थलका प्रमुख किरण गौतमले जानकारी दिए । जनकपुरधामस्थित जानकी हेल्थ केयर एन्ड टिचिङ हस्पिटलमा उपचार भइरहेको छ । उसलेनको टाउकोमा १५ वटा टाँका लगाइएको छ ।