जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा पनि लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा)को पक्षमा सनाखत गरेका छन् ।
मेयर मण्डल जसपामै रह्ने हल्ला हल्ला चलेको थियो । तर मेयर मण्गल उपमेयर झा र अन्य जनप्रतिनिधिसंगै प्रदेश निर्वाचन कार्यालय जनकपुर आएर लोसपा पक्षमा सनाखत गरे ।
मेयर मण्डलले मधेसको मुद्दा लोसपा मात्र सम्बोधन गराउने ठोकुवा गरे । उनले भने, ‘हामी पहिले पनि माननीय अध्यक्ष महन्थ ठाकुर र बरिष्ट नेता राजेन्द्र महतोको साथमा थियौं । र सधै रहनेछु ।’