2025-05-02

Close

सिरहा,असोज २४ गते : मैथिली गित निल गगन के चाँद आहाके म्युजिक भिडियो विमोचन सिरहाको लहानमा शनिबार गरेको छ ।
मैथिली गित निल गगन के चाँद आहाू को म्युजिक विडियो विमोचन कार्यक्रमको अध्यक्षता पहिलो पटक अभिनयको क्षेत्रमा पाइला चलेका दुर्गा चौधरीले गरेका थिए ।

भने प्रमुख अतिथिको रुपमा चौधरीका ममतामयी आमा रम्भा चौधरीले गर्नु भएको थियो।
एस।पी सिंहको शब्द र निल घतानिको संगीत रहेको गीतमा सुमधुर आवाज मिथिलाका चर्चित गायक तेजु मैथिल र सुषमा झाको रहेको छ भने मनिषा चौधरीले निर्माण गरेको म्युजिक विडियोको निर्देशन मोडेल तथा निर्देशक प्रदिप कुमार रसाइलीले गरेका छन्।

यस म्युजिक विडियोमा दुर्गा चौधरीको र सृष्टि ढुङ्गेलको मुख्य भूमिकामा देखिएको छ। त्यस्तै कार्यक्रमको विशिष्ट अतिमा शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज रहनु भएको थियो। त्यस्तै अतिथिहरुमा गायक तथा संगीतकार पारशमणि, गायक तेजु मैथिल, कलाकार दिलिप मगर, मोडेल श्रीष्टि ढुंगेल, संचारकर्मी महेश सिंह, अनिल चौधरी, प्रदिप कुमार रसाइली लगायतका रहेका थिए।

कार्यक्रममा म्युजिक विडियोको प्रदर्शनी पछि शुभकामना मन्तव्यको क्रममा सम्पूर्ण अतिथिहरुले विडियोको प्रशंशा संगै सफलताको कामना संगै सल्लाह सुझव पनि दिईएको थियो । दुर्गा चौधरीको पहिलो विडियो भए पनि उनको अभिनयलाई प्रसंशा गरेको थियो भने विडियोलाई राम्रो बनाउन निर्देशक रसाइलीले निकै मेहनत गरेको भन्दै धन्यवाद ज्ञापन समेत गरेका छन्।

कार्यक्रमा विडियोलाई उत्कृष्ट बनाउन सहयोग गरेकाहरु श्रवन कुमार साह, गायक तेजु मैथिल, सन्तोष कुमार चौधरी, यस कुमार चौधरी, सन्तोष चौधरी, दुर्गा चौधरी, अमृत चापागाई, चुनु शर्मा, सृष्टि ढुङ्गेल, प्रदिप रसाइलीलाई आयोजक मनिषा चौधरीले प्रमुख अतिथि रम्भा चौधरी र विशिष्ट अतिथि फिरोज शेखको हात बाट सम्मान९पत्रले सम्मानित गरेका थियो।

कार्यक्रममा स्वागत मन्तव्य गायक तेजु मैथिलले गित संगै आफ्नो शब्दका गुच्छाले स्वागत गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- apanjanakpurnews@gmail.com,
yadavbipin356@gmail.com
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर