काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् । एमाले नेतृत्वसँग पार्टी प्रवेश गर्ने सहमति भइसकेको स्थायी कमिटी सदस्य किरण गुरुङले बताए ।
‘प्रवेश कार्यक्रम चाँडै हुन्छ । पार्टी प्रवेश गर्न तयार भइसक्नुभएको छ,’ गुरुङले भने ।
उनका अनुसार ९ कात्तिकको पालिका अधिवेशनपछि खनाललाई स्वागत गरिनेछ । ९ कात्तिकमा एमालेले ७५३ वटै स्थानीय तहमा अधिवेशन गर्दैछ ।