2024-11-24

Close

काठमाडौं– अष्ट्रेलिया यूएईमा जारी आईसीसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो ।

अष्ट्रेलिया दोस्रोपटक विश्वकपको सेमिफाइनलमा पुगेको हो । अब अष्ट्रेलियाले उपाधिका लागि आइतबार न्यूजिल्याण्डको सामना गर्नेछ ।

सेमिफाइनलमा पाकिस्तानले दिएको १ सय ७७ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । उसका लागि म्याथ्यू वेड, मार्कस स्टोइनिस र डेविड वार्नरले उत्कृष्ट पारी खेले ।

वेडले १७ बलमा चार छक्का र दुई चौकासहित अविजित ४१ रन बनाए । उनले तीन बलमा लगातार तीन छक्का हिर्काउँदै ६ बलमै अगावै म्याच जिताउन सफल भए ।

स्टोइनिसले ३१ ब्लमा २ चौका र २ छक्काको मद्दतमा नटआउट ४० रनको योगदान दिए । त्यस्तै, डेविड वार्नरले ४९ र मिचेल मार्शले २८ रन बनाए ।

बलिङमा सादब खानले चार र शाहीनसाह अफ्रिदीले एक विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनायो । उसका लागि मोहम्मद रिजवानसहित तीन ब्याटरले उत्कृष्ट पारी खेले ।

रिजवानले ५२ बलमा चार छक्का र तीन चौकासपहत ६७ रन बनाए । फखर जमानले ३२ बलमा चार छक्का र तीन चौकाको सहयोगमा अविजित ५५ रनको योगदान दिए ।

कप्तान बाबर आजमले ३४ बलमा ५ चौकाको सहयोगमा ३९ रन बनाउँदा आसिफ अली शून्य र सोएब मलिक भने १ रनमै आउट भए । बलिङमा मिचेल स्टार्कले दुई, एडम जम्पा र प्याट कमिन्सले एक/एक विकेट लिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर