2024-11-28

Close

जनकपुर मंसिर २ गते । नेपाल भारतका अभियानीहरुको सहभागितामा कमला बचाउ अभियानको तेश्रो वार्षिक महोत्सव विहिवार सम्पन्न भएको छ । कमला बचाउ अभियानका संयोजक विक्रम यादवको अध्यक्षतामा आयोजित तेश्रो वार्षिक महोत्सव सम्पन्न भएको हो ।
कमला बचाउ अभियानी विनोद महराले सहजीकरण गरेको वार्षिक उत्सव कार्यक्रममा पहिलो सत्रमा उदघाटन कार्यक्रम, दोश्रो सत्रमा अन्तरक्रिया र तेश्रो सत्रमा विभिन्न अभियानीहरुलाई सम्मान गरिएको हो ।

उदघाटन सत्रमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा भारतका लागि नेपालको राजदुत दुर्गेशमान सिंहको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशिष्ट अतिति शहिदनगरपालिकाका नगरप्रमुख उदयकुमार बरवरिया, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद वास्तोला, सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल, जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी बसन्त रजौरे, गणेशमान चारनाथ नगरपालिकाका उपप्रमुख मिनाकुमारी यादव, भारतका पिपल, निम वृक्ष तथा जल अभियानी डा. धर्मेन्द्र, सिरहाका मेयर अशेश्वर यादव, पानी सदुपयोग फाउन्डेशनका कार्यकारी निर्देशक चिरञ्जिवी भट्टराई, नमामी गंगे मेरठ उतर प्रदेशका डा. विजय पण्डित, गाँधी विचारक तथा प्रयावरण अभियन्ता मनोहर मानव, नदी संरक्षण अभियन्ता भुमिका थापा, त्रिशुली नदी संरक्षण अभियन्ता, ट्रि म्यान फरम इन्डिया सुजित कुमार, भारतका वरिष्ठ पत्रकार शंकर यादव, टिभी ९ भारत वर्षका पत्रकार हिरेण पासवानलगायतले कमला नदीको संरक्षण सम्वद्र्धनले जल, जमिन, पर्यावरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पर्यावरण बचाउका लागि कमला बचाउ अभियान एक ज्वलन्त उदाहरण भएकाले पर्यावरण सरक्षण सम्वद्र्धनका लागि आ आफनो ठाउँबाट योगदान पुप्याउन हुन सवैमा वक्ताहरुले आग्रह समेत गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले कमला बचाउ अभियानीहरुले अझै तदरुक्ताका साथ जल, जमिन र वृक्षारोपण लगायतको कामलाई तिव्रता दिनुपर्ने बताएका थिए । अहिले खोला नालालाई अव्यवस्थित तवरले उत्खन्न गरि उजाड बनाउने र चुरे क्षेत्रमा वन विनाशको कामहरु भई रहेकाले यसतर्फ सवै जना चनाखो हुनुपर्ने बताएका थिए ।

समापन तथा सम्मान कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रि बोधमाया यादवले कमला बचाउ अभियानले आफनो उद्धेश्य अनुसारको काम गर्दा आफुबाट हुने सहयोगको लागि प्रतिवद्र्धता जाहेर गर्नुभयो । उहाँले चुरे क्षेत्रको संरक्षण गर्दै कमला नदीको बचाउन वृक्षारोपण गर्न, अवैध उत्खन्न रोक्न र तटवन्धलाइ मर्मत सम्भार गर्न नगरपालिकाहरुले समेत तदारुकता देखाउन आग्रह गर्नुभयो ।

शहिदनगरपालिका मेयर उदयकुमार बरवरिया यादवले आफु समेत कमला बचाउ अभियानी भएकाले यसका लागि सदैव सहयोग र साथ रहने प्रतिवद्र्धता जाहेर गर्नुभयो । कमला बचाउ अभियानलाई अगाडी बढाउन र सवैको साथ र सहयोगको अपेक्षा गर्दै सराकात्मक सोच र सही विचारको आवश्यकतामा जोड दिनुभयो । हाल आफु शहिदनगरपालिकाबाट कमला बचाउ अभियानका लागि आवश्यक सहयोग गर्ने र अन्य पालिकाहरुले समेत यसमा आफनो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

भारतका गान्धी विचारक मनोहर मानवले कमला नदीको वहाव नेपालको सिन्धुली हुदै धनुषा र सिरहा हुदै भारत हुदै गंगा नदीमा गाभिएकाले गर्दा यसको संरक्षण र सम्वद्र्धनमा दुवै देशका अभियानीहरुको तदारुक्ता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यावरण बचाउका लागि वृक्षारोपणमा जोड दिदै वन विनाशलाई रोक्दै बढी भन्दा बढी वनंजगल लगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रकृति र पर्यावरणलाई आफनो भौतिक जीवनसंग जोड्दै प्रकृतिसंग खेलवाड नगर्न आग्रह गर्नुभयो ।

कमला बचाउ अभियानका संयोजक विक्रम यादवले कमला नदी बचाउ अभियानले अहिले जनचेतनामुलक आफनो गतिविधी गर्दै आएको बताउनुभयो । उहाँले अभियानीहरु आफनो विना स्वार्थ र शुन्य सशनशिलताका साथ नागरिक समाज, स्थानिय पालिका र अभियानीहरुकै साथ र सहयोगले कमला नदीको संरक्षण सम्वद्र्धनका लागि काम गर्दै आएको बताउनुभयो । उहाँले यसको दायित्व तीनै तहका सरकारले निर्वाह गर्नुपर्नेमा जोड दिदै अभियानीहरु स्वयमसेवक रुपमा निरन्तर काम गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा कमला बचाउ अभियानसंगै पर्यावरण बचाउका लागि विभिन्न विद्याबाट सहयोग गर्ने पत्रकार, समाजसेवी, राजनितिक दलका अगुवा तथा सहयोगी नगरपालिकाका मेयर र कर्मचारीहरुलाई कदर पत्र प्रदान गरि सम्मान गरेका छन् । कार्यक्रममा पत्रकार दिपेन्द्रप्रसाद सिंह, रामएकवाल महरा, चाँदनी झा, माला राय, मनोज पासवान, जितेन्द्र महरा, सरसफाई अभियानी रुवी झा, युवा नेता राजकिशोर यादव,विनोद रोहितालगायतलाई कदर पत्र प्रदान गरि सम्मान गरिएको छ । वार्षिकोत्सवको अवसरमा अतिथिहरुलाई मायाको चिन्ह समेत प्रदान गरिएको कमला बचाउ अभियानी विनोद महराले बताउनुभयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर