रुपन्देही : जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले लुम्बिनीबाट ‘जनमत माटो यात्रा’ को आजदेखि शुरुवात गरेका छन् ।
विश्व शान्तिका प्रतिक भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी स्थित मायादेवि मन्दिरबाट माटो संकलन गर्दै डा.राउतले यात्राको थालनी गरेका हुन ।
पुर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मको यात्रामा उनले हरेक स्थानिय निकायको केन्द्रमा पुगि त्यहांको माटो संकलन गर्नेछन् ।
जनमत माटो यात्राबाट हरेक स्थानियनिकायको केन्द्रमा पुगेर त्यहाको माटो संकलन गर्ने र संकलन गरिएको माटाले ‘मधेस एकता उद्दान’ निमार्ण गर्ने लक्ष्य रहेको महासचिव सिंहले जनाए ।