धनुषाको गणेशमान चारनाथ नगरपालिका नेकपा माओवादी केन्द्रको अध्यक्षमा महेशलाल यादव चयन भएका छन् । शनिरबार सम्पन्न प्रथम अधिवेशनबाट युवा नेता यादवको अध्यक्षतामा ६४ सदस्य नगर कमिटी सर्वसहमतिबाट चयन गरिएको हो ।
कमिटिको बरिष्ठ उपाध्यक्षमा दुर्गाबहादुर मल्ल, उपाध्यक्ष दायाराम यादव, उपाध्यक्ष श्रीबिन्दु मास्के चयन भएका छन् । यस्तै सचिवमा कृष्णा राउत, सह सचिवमा मीनप्रसाद घिमिरे, कोषाध्यक्षमा विसुनदेव यादव छन् ।
अन्य सदस्यहरुसहित ६५ सदस्यीय नगर कमिटी सर्वसहमति रुपमा चयन गरिएको माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री मातृका प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न नगरअधिवेशनमा विशिष्ट अतिथिमा शिक्षा तथा विज्ञान प्रविधि राज्यमन्त्री बोधमाया यादव, नेता रामसिंह यादव, धनुषा जिल्ला अध्यक्ष दीपक यादव, मानव अधिकारकर्मी विनोद महरा लगायतको उपस्थिति रहेको थियो ।