जनकपुरधाम । कांग्रेस प्रदेश २ महामन्त्रीमा उमेदवारी दिएका नरेश यादवले आफूलाई विजयी घोषणा गरिसकेकाले प्रमाणपत्र दिनुपर्ने माग राखेर निर्वाचन समितिमा निवेदन दिएका छन् ।
सुरुमा निर्वाचन समितिले आफूलाई विजयी भएको बताएको तर पछि षड्यन्त्र गरेर शेरबहादुर देउवा समूहमा वृहष्पति कृष्ण श्रेष्ठलाई विजयी गराइएको यादवको दाबी छ ।
निर्वाचन अधिकृत अब्दुल आजिजले आफूलाई महामन्त्रीमा विजयी घोषणा गरेको र त्यहीअनुसार प्रमाणमत्र पाउनुपर्ने उनको माग छ ।
उनले आफूले परिणाम कुनै हालतमा स्वीकार नगर्ने पनि बताएका छन् । आवश्यक परे फेरि निर्वाचन गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ ।