जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का नेता एवं पूर्व मन्त्री उमाशंकर अरगरियाले जेसीजका राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित भएपछि जेसी मनोज साहलाई नेता एवं पूर्व मन्त्री अरगरियाले सम्मान गरेका हुन । उनले तराई मधेशबाट प्रतिनिधित्व गरेको भन्दै सम्मान गरेको हो । जनकपुर जेसीज २०२१ का अध्यक्ष समेत रहेका जेसी साह नेपाल जेसीजको २०२२ बर्षको नेतृत्व चयनका लागि गण्डकी प्रदेशको पोखरामा भएको जेसीजको ४८ अौं राष्ट्रिय महाधिवेशनबाट बर्ष २०२२ का लागि १२ जना राष्ट्रिय उपाध्यक्ष निर्वाचित भएकोमा जनकपुरका साहले तेस्रो स्थान ल्याएपछि उनलाई सम्मान गरिएको छ । सम्मान तथा बधाईमा जेसीज कार्यवाहक अध्यक्ष उपेन्द्र कुमार साह, रबिन्द्र अरगरिया, निशान यादव लगायतको उपस्थित रहेको थियो ।