दिपेश कुमार साह/रौतहट / १३ गते
रौतहटको कटहरिया नगरपालिकामा पिङ खेल्ने क्रममा एक बिधार्थीको मृत्यु भएको छ । दशैंको बेला नै पिङ खेल्ने क्रममा घाँटीमा डोरी बेरिएर एक बालकको मृत्यु भएको छ । कटहरिया नगरपालिका वडा नम्बर ५ निवासी भुटनलाल यादवको वर्ष १२ को छोरा मुकेश यादव रहेको छ । मंगलबार अपरान्ह ३ बजे सो घटना घटेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपि श्रीराम भण्डारीले बताउनु भयो ।
पिङ खेल्ने क्रममा घाँटीमा डोरी बेरेर यादव अचेत भएका थिए । तत्काल उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ केन्द्र कटहरियामा लगेपछि उनलाई चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपि भण्डारीले बताए ।
मृतक विधार्थी यादव श्री जनता माध्यमिक विधालय कटहरियामा कक्षा ४ मा अध्ययनरक्त गरिरहेका रहेका छन् । बालकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको इप्रका कटहरियाले जनाएको हो ।