अप्पन जनकपुर
काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेत आज जेल जाँदैछन् । उनी दिउँसो २ बजे जेल जाने भएका हुन् ।
बस्नेत कुनै अपराधको कसूरमा या अभियोगमा जेल जान लागेका होइनन् । उनी जन्मदिन मनाउन जेल जान लागेका हुन् ।
सुन्धारास्थित महिलाहरु रहेको कारागारमा बस्नेतले विशेष सहयोग गर्न लागेका हुन् । उनले महिला कैदीबन्दीका लागि खानेकुरा, लत्ताकपडालगायतका सामाग्री वितरण गर्ने भएका छन् ।
बस्नेतले यस वर्षको जन्मदिन फरक तरिकाले मनाउन लागेका हुन् । जेलमा सहयोग सामाग्री वितरणका लागि सम्पूर्ण तयारी भइसकेको बुझिएको छ ।