अप्पन जनकपुर
काठमाडौं । नेपाल प्रहरी खोटाङले सामाजिक यथार्थपरक टेलिचलचित्र ‘आत्महत्या नगरौँ, बाचौँ र बचाऔँ’ ल्याएको छ ।
खोटाङ जिल्लामा आत्महत्या गर्नेहरुको संख्या बढेसँगै खोटाङ प्रहरीले आत्महत्या नगरौँ, बाचौँ र बचाऔँ टेलिचलचित्र ल्याएको हो ।
उक्त चलचित्र रुपकला मिडिया नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
टेलिचलचित्रका पात्रहरु कालपनिक भए पनि खोटाङ जिल्लामा घटेका आत्महत्याका घटनाहरुको विषयवस्तु समेटेर टेलिचलचित्रमार्फत देखाउन खोजिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश लम्साल र प्रहरी निरीक्षक सागर साहले जानकारी दिए ।
टेलिचलचित्रमा परीक्षामा फेल भएका, प्रेममा धोका पाएका, वैदेशिक रोजगारीलगायत घरमा भएका समस्याका कारण गरिने आत्महत्याका घटनाहरु देखाइएको छ । टेलिचलचित्रमार्फत आत्महत्या नै विकल्प होइन । जीवन जिउन धेरै कुराहरु हुन्छन्न भन्ने देखाउन खोजिएको छ । हेर्नुहोस् टेलिचलचित्र : https://m.youtube.com/watch?v=IY-_PTfyg88&feature