अप्पन जनकपुर
जनकपुरधाम । आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनको समय नजिकिदै जाँदा चुनावी सरगर्मी बढेको छ । देशभरी चुनावी माहौल बढिरहँदा मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा चुनावी चहलपहल हवात्तै बढेको छ ।
अहिले यहाँ उम्मेदबारको रुपमा आफूलाई सार्ने काम तिब्र रुपमा भइरहेको छ । पछिल्लो पटक संजय चौधरीले मेयरमा आफ्नो उम्मेद्बारी घोषणा गरेका छन् । उनले फेसबुकबाटै मेयरको उम्मेदबारी घोषणा गरेका हुन् ।
विगत १८ वर्षदेखि राजनीति क्षेत्रमा आबद्ध छन् । लोकतान्त्रिक समाजवादी पार्टीमा आबद्ध उनी राजेन्द्र महतो निकट मानिन्छन् । उनी लोकतान्त्रिक समाजवादी पार्टीबाटै आफूले उम्मेदवारी दिने बताएका छन् ।
राजनीतिलाई पेशा नभई सेवाको रुपमा हेरिनुपर्ने मान्यता राख्ने चौधरी फरक दलमा आस्था राख्ने नेताकार्यकर्ताको समेत साथ रहने विश्वास व्यक्त गरेका छन् ।