अप्पन जनकपुर
जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
मेयरमा एमालेका बेचन दास तत्मा ४ हजार ४१२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एकिकृत समाजवादीका राजकिशोर रोहिता यादवले ३ हजार ४२६ मत ल्याए ।
मेयरमा विजयी दास ०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए । त्यतिबेला एमालेबाट मेयरमा लडेका यादवलाई दासले नै पराजित गरेका थिए ।
यस्तै उपमेयरमा एमालेकी आशादेवी झा ४ हजार ६५९ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटम प्रतिस्पर्धी एकिकृत समाजवादीकै संजना अधिकारी २ हजार ८२७ मत ल्याईन ।