जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ६ कठालस्थित बस्ने पशुपति साह (जनपुरी) लाई ११००० भोल्टको तारमा करेन्ट लागेर मृत्यू भएको छ ।
गत असार १५ गते शुक्रबार दिउँसो आफ्नै घरमा एलिबेस्टर चढाउँदै गर्दा प्रसारणमा रहेको ११ हजार भोल्टको नाँगो तारमा छोएपछि करेन्ट लागेर उनको ज्यान गएको स्थानीयहरुले बताएका छन् ।
घरमाथि एलिबेस्टर चढाउँदा घरको छानामा चढेका साहलाई तारले छोएपछि उनको तत्कालै मृत्यू भएको स्थानीयहरुले जनाएका छन् ।