अप्पन जनकपुर
जनकपुरधाम । जनकपुर जेसिजका अध्यक्ष राज कुमार साहले बुधवार जनकपुर जेसिजको साधारणसभा आहवान गरेका छन् । मंगलवार साँझ पत्रकार सम्मेलनको आयोजना गरि अध्यक्ष साहले केहि मिडिया र समाजिक सञ्जालमा जनकपुर जेसिजलाई जोडेर अनियमितता सहितको विवादित समाचारहरु प्रकाशन भएपछि समाधानका लागि साधारणसभा आहवान गरेको बताएका छन् ।
उनले जेसिजका उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष मिलेर व्यापक रुपमा जेसिज विरुद्वको गतिविधीहरु गरिरहेको भन्दै उनीहरु सहितका लाई स्पष्टीकरण सोधिएको समेत अध्यक्ष साहले बताए । साधारणसभाबाट सम्पुर्ण घटनाको छानविनका लागि समिति बनाउने र दोषिलाई कारवाही हुने उनले बताए ।
आफुलाई अध्यक्ष भन्दै विभिन्न पदाधिकारीहरु समानान्तर गतिविधी गरिरहेको भन्दै उनले आफु माथीको दोष कुनै पनि सावित भए आफु पद छाडन तयार हुने बताए । जेसिजमा भएको अनियमितताको आफु खोजतालस गर्दै गर्दा आफु विरुद्व षडयन्त्र भइरहेको उनले बताए ।पत्रकार सम्मेलनमा जनकपुर जेसिजका पूर्व अध्यक्ष गौतम साह सहितको उपस्थिती थियो ।