2024-12-21

Close

जनकपुरधाम । जनकपुरधामस्थित मधेस भवनमा रहेको मुख्यमन्त्री कार्यालयअगाडि सुकुम्बासीहरूले सुतेर विरोध जनाएका छन् । चुरे तथा वन जंगल संरक्षण अभियानको आह्वानमा आन्दोलित बनेका सुकुम्बासीहरू सडकमै सुतेर विरोध जनाएका हुन् ।

मुख्यमन्त्री कार्यालय सुरक्षाकर्मीले घेर्न नदिएपछि ग्रामीण भेगबाट आएका सयौं सुकुम्बासी सडकमै सुतेका छन् । आन्दोलनस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने प्रदर्शनकारीको अडान छ ।

सक्कली सुकुम्बासीलाई जग्गा उपलब्ध गराउनुपर्ने, नक्कली सुकुम्बासीको नाममा वनको जग्गा वितरण कार्य बन्द गर्नुपर्ने, सिरहाको चोहर्वामा रहेको मारुती सिमेन्टले कब्जा गरेको वनको जग्गा फिर्ता ल्याउनुपर्नेलगायतका माग राखेर उनीहरू लामो समयदेखि आन्दोलित छन् ।

यसअघि चुरे अभियानीहरू जनकपुरमा आमरण अनसन बस्दा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले प्रदेश सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । तर, प्रतिबद्धता कार्यान्वयन नभएको उनीहरूको गुनासो छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर