जनकपुरधाम | नेपाल ईन्जिनियर्स एशोसिएसनले विभिन्न १० सुत्रिय मांग सहित मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण गराएको छ । आइतवार विहान एशोसिएसनका मधेश प्रदेश सभापती ई.गौरी पण्डितको नेतृत्वमा मुख्यमन्त्री निवास पुगेका एशोसिएसन सहितको टोलीले देश निर्माणमा सक्रिय ईन्जिनियरहरुको मांगमा संवेदनशिल हुन आग्रह समेत गरेको छ ।
स्थानिय तहमा कार्यरत ईन्जिनियरहरुलाई जयेष्ठताको आधारमा पालिकाको प्रमुख प्रशासकिय अधिकृत हुन पाउने ऐन ल्याउन, मधेश सरकारलाई सेवाकालिन तालिम दिन सहितका विभिन्न १० सुत्रिय मांगहरु सहित टोलीले मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र बुझाएको हो । प्रदेश लोकसेवा आयोगद्वारा गरिएको विज्ञापनको परिक्षा यथासिघ्र गराउन सहितको मांग उनीहरुको छ ।
ज्ञापन पत्र बुझदै मुख्यमन्त्री राउतले विभिन्न कठिनाई र संघियता बचाउनु पर्ने बाध्यताहरुको बिच काम गर्न परिरहेको भन्दै एशोसिएसनको मांगमा मधेश सरकार प्रतिवद्व रहेको बताए । उनले देशमा धेरै बलिदानी पछि संघियता र संविधान आएको भएपनि राज्य संविधानको अवज्ञा गरिरहेको बताउदै आफुहरु एशोसिएसनको मांग सम्बोधनमा सकारात्मक रहेको बताए ।
यस्ता छन एशोसिएसनका सभापती ई. पण्डित र सचिव ई. राम नारायण यादवद्वारा जारी विज्ञप्ती