काठमाडौं । सरकारले आजदेखि ४० माइक्रोन भन्दा पातालो प्लाष्टिकको झोला उत्पादन, आयत, बिक्री वितरण तथा प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । वातावरण विभागले एक सुचना जारी गर्दै ४० माइक्रोन भन्दा पाताला प्लाष्टिकमा प्रतिबन्ध गरेको जनाएको हो ।
२०७८ माघ १७ नै प्लाष्टिकका झोला प्रतिबन्ध गरेपनि कोभिड–१९ को प्रकोपका कारण केही समय अनुगमन गर्न नसकेकोेले कर्डाइका साथ कार्यन्वयनमा समस्या भएको विभागले उल्लेख गरेको छ।
वातावरणीय संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्णरहेको प्लाष्किका झोला प्रतिवन्धको नीति आजदेखि थप कडाईका साथ लागु गर्ने विभागले जनाएको छ।
वन तथा वातावरण मन्त्रालयले पहिलो चरणमा झोला उत्पादन गर्ने कम्पनी अनुगमन गर्ने छ । त्यसपछि धेरै प्रयोग हुने क्षेत्रहरूमा सघन अनुगमन गर्ने र अनुगमनको क्रममा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला बिक्री र प्रयोग गरेको भेटिए प्रहरी परिचालन गरी तत्काल कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।