काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गरिने भएको छ । गठबन्धनका र लोसपाका सचेतकबीच यस्तो सहमति भएको हो ।
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक सन्दर्भमा गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका प्रमुख सचेतक चित्रलेखा यादव, लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरिया सहितकाबीचमा ती विधेयक जस्ताको त्यस्तै पारित गर्ने सहमति भएको हो ।
‘विधेयक जस्ताको त्यस्तै पारित गरेर पुनः राष्ट्रपति समक्ष पठाउने सहमति भएको छ’ लोसपाका सचेतक अरगरियाले भने, ‘अब राष्ट्रपतिलाई पारित गर्नैपर्ने हुन्छ ।’