जनकपुरधाम । सामाजिक सञ्जाल टिकटकलाई बन्द गर्नुपर्ने माग राख्दै मधेशका जिल्लाहरुमा प्रदर्शन गरिएको छ । प्रदेशको राजधानी धनुषाको जनकपुरधाम र सिरहामा युवाले प्रदर्शन गरेका छन् ।
‘टिकटक बन्द संघर्ष समिति’ नै बनाएर केही युवाले जिल्ला प्रशासन र प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएकाे पाइएकाे छ। शुक्रबार Tik Tok बन्द संघर्ष समिति महोत्तरी द्वारा जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलय प्रमुख ज्यु र जलेश्वर नगरपालिका प्रमुख ज्यु लाई Tik Tok बन्द गराईदिनको लागि ज्ञापन पत्र बुझाईएका छन् ।
हिजो (आइतबार) पनि रौतहटबाट केही युवाले याे संघर्ष समितिमार्फत सरकारी निकायमा ज्ञापनपत्र बुझाएका छन् । भने आज सिराहामा पनि ज्ञापनपत्र बुझाइएको छ र TikTok बन्द संघर्ष समिती धनुषा द्वारा आयोजित जनकपुरधाम मा बिरोध प्रदर्शन साथैसाथ जनकपुरधाम उप-महानगरपालिका ,जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत ज्ञापन पत्र बुझाएको छ।
टिकटकले आफ्नो संस्कृति बिग्रिरहेको, अश्लिलता प्रदर्शन भइरहेको भन्दै युवाहरुले संघष समिति बनाएर प्रदर्शन गरेका हुन् । ‘टिकटक बन्द गर्नुपर्ने, टिकटकमा अश्लिल भिडियो बनाउनेलाई कार्वाही गर्नुपर्ने, टिकटक भगाउ, आफ्नो संस्कृति बचाऔं’ भन्दै दुबै जिल्लामा प्रदर्शन गरिएको छ ।