काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनतामाझ जान पनि दलहरुसँग अंशवण्डा गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
बिहीबार काठमाडौंमा भएको बीपी साहित्य एवं बीपी सेनानी सम्मान कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति डा.यादवले अहिले टिकट किन्नेलाई काँग्रेसी भन्ने गरिएको बताए ।
उनले भने, ‘तपाईंहरुले सुन्नुभएको होला, समानुपातिकमा टिकट बिक्री भएको छ । वार्डको टिकट बिक्री भएको छ, पालिकाको टिकट बिक्री भएको छ । त्यसैले कांग्रेसको बारेमा राम, राम भन्ने बेला भइसकेको छ ।’
बीपीको जेल डायरी, बीपीको आत्मवृत्तान्त, राजनीतिबारे बिपीले बोलेका विषयहरु पढ्नले फुर्सद कांग्रेसीलाई नरहेको उनले बताए ।
कांग्रेसमा विधि, आदर्शबारे कुरा हुन छाडेको र नेता कार्यकर्तामा बीपीको एक गुण पनि नरहेको उनले बताए ।