जनकपुरधाम । जनकपुरधामको मधेसी शहिदद्वारमा राखिएको जनता समाजवादी पार्टी ९जसपा०को झण्टा हटाएर नेपालको झण्डा फहराइएको छ । युवा संजाल धनुषाका अध्यक्ष कुलदिप साहको नेतृत्वमा नेपालको झण्डा फहराइएको हो ।
साहले शहिद कुनै पार्टीको नहुने भन्दै शहिद गेटबाट पार्टीको झण्डा हटाउन जसपासँग सोमबार सामाजिक संजालमार्फत अनुरोध गरेका थिए ।
तर जसपा नेता कार्यकर्ताले चासो नदिएपछि उनले आफैँ हटाएर नेपालको झण्डा राखेका छन् । अबदेखि कुनै पनि पार्टीको झण्डा शहिद गेटमा नराख्न उनले चेतावनीसमेत दिएका छन् ।
मधेस आन्दोलनका क्रममा ०७२ भदौ २५ मा जनकपुरमा प्रहरीको गोली लागेर नितु यादव, संजय चौधरी र दिलिप यादवको मृत्यू भएको थियो । उनीहरुकै सम्झनास्वरुप जनकपुरधाम उपमहानगरपालिकाले शहिद गेट निर्माण गराएको छ ।
जनकपुरधाम–ढल्केबर सडक खण्डमा निर्माण गरिएको उक्त शहिद गेटमा यही भदौ २५ गते जसपाले श्रद्धाञ्जली कार्यक्रम राखेको थियो । सो कार्यक्रममै जसपा अध्यक्ष उपेन्द्र यादवले गेटमा पार्टीको झण्डा राखेका थिए ।