जनकपुरधाम । ईलाका प्रहरी कार्यालय खजुरी धनुषामा कार्यरत प्रहरी निरिक्षक निरंन्जन घिमिरेलाई यस महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको छ । ईलाका प्रहरी कार्यालय खजुरी धनुषामा दरबन्दी रहेको प्रहरी निरिक्षक निरंन्जन घिमिरे अहिले ईलाका प्रहरी कार्यालय खजुरी धनुषामा कार्यरत छन् ।
उनलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकोले २०७९ साउन महिनाको (Police Of The Month) उत्कृष्ट प्रहरी घोषणा गरिएको हो । प्रहरी निरिक्षक निरंन्जन घिमिरेलाई जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले कदर पत्र समेत प्रदान गरेका छन् । प्रहरी निरीक्षक घिमिरेले विभिन्न मितिमा अवैध रुपमा भारतबाट चोरी निकासी पैठारी गरी ल्याउदै गरेको अवैध मालसमानहरु, फरार प्रतिवादीहरु पक्राउ गरी दाखिला गरेको, अवैध हातहतियार समेत बरामद गरी अनुसन्धान कार्यमा सहयोग गरे वापत उनलाई साउन महिनाको उत्कृष्ट प्रहरीको रुपमा कदर पत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।