काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । प्रहरी प्रधान कार्यालयले आज (आइतबार) प्रहरी निरीक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
२०७८ मंसिर १० गते प्रकाशित विज्ञापनका लागि २०७९ जेठ २२ देखि २४ गतेसम्म भएको परीक्षाको नतिजामा २१५ जना उत्तीर्ण भएका प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले जनाएको छ ।
आइतबार सार्वजनिक नतिजाअनुसार खुलातर्फ ११४ जना, अमर अशक्त कोटामा १ जना, महिलातर्फ २३ जना, आदिवासी जनजातिमा ५२ जना, मधेशी कोटामा २७ जना, दलिततर्फ १८ जना र पिछडिएको क्षेत्रबाट ८ जना उत्तिर्ण भएका छन् । उत्तीर्ण परीक्षार्थीलाई असोज ९ गते प्रहरी अस्पताल महाराजगंजमा विशेष स्वास्थ्य परीक्षणका लागि उपस्थित हुन कार्यालयले प्रकाशित नतिजाको सूचनामा उल्लेख गरेको छ।
हेर्नुस् को-को भए उत्तीर्ण ?