२१ असोज । जनता समाजवादी पार्टी नेपालका महोत्तरी निर्वाचन क्षेत्र नं. ४ (क) बाट निर्वाचित सांसद एवं संविधानसभा सदस्य कौशल यादवसहित दर्जनौं नेता कार्यकर्ता लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
शुक्रबार लोसपा केन्द्रीय कार्यालयमा प्रदेशसभा सदस्य यादवसहित नेकपा एमाले पूर्वजिल्ला अध्यक्ष महोत्तरी तथा प्रस्तावित जिल्ला कमिटी सदस्य बिनोद कुमार साह लगायत एक दर्जनभन्दा बढी नेता कार्यकर्ता लोसपामा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता शरतसिंह भण्डारी सदस्यता प्रदान गरेको केन्द्रिय कार्यालय सचिव रन्जित निस्पक्षले जनाएका छन् ।।