सिरहा । आसन्न मंसिर ४ गते हुने निर्वाचनमा सिरहा क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका बाम गठबन्धनका साझा उम्मेदवार विश्वनाथ साह र सिरहा ३ (ख) बाट प्रदेश सभा सदस्य प्रमोद यादव बलियो देखिएको छ ।
एमाले बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार लिलानाथ श्रेष्ठ र विश्वनाथ साहको प्रतिस्पर्धा हुने अहिले सम्मको आकलन रहेको छ ।
जनमत पार्टी बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ई. दिनेश यादव रहेको छ भने सिरहा क्षेत्र न ३ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार गायक ज्ञानु यादव रहेका छन ।
सिरहा क्षेत्र नं. ३ प्रदेश सभा (ख) बाट नेपाली कांग्रेसका उम्मेदवार संजय प्रकाश यादव रहेका छन ।