अप्पन जनकपुर
जनकपुरधाम । धनुषा क्षेत्र नं. ४ मा फेरि नेकपा एमालेका नेता रघुवीर महासेठ विजयी भएका छन् । महासेठले ३२ हजार ३३६ मत ल्याएर विजयी भएका हुन् ।
उनले त्ता गठबन्धन नेपाली काँग्रेसका नेता महेन्द्र यादवलाई १२४ मतअन्तरले पराजित गर्दै उनी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी यादवले ३२ हजार ११२ मत पाएका छन् ।
यसअघि २०७४ को निर्वाचनमा पनि महासेठ यादवलाई २ हजार ५४१ मत अन्तरले पराजित गरेका थिए । महासेठ २२ हजार ५३२ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्दी महेन्द्रले १९ हजार ९९१ मत पाएका थिए । तत्कालिन फोरमका महाजन यादवले १९ हजार ६६२ मत पाएका थिए ।