जनकपुरधाम । मधेश प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले पनि मन्त्री पदबाट राजीनामा नदिएरै प्रतिनिधिसभा सदस्यको शपथ लिएका छन् ।
सप्तरी क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभा सदस्यमा साह जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट निर्वाचित भएका हुन् । ०७४ मा सप्तरी १ (२)बाट प्रदेशसभा सदस्यमा निर्वाचित उनी मधेशमा मन्त्री छन् ।
आज अन्य साँसदहरुसँगै ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराबाट शपथ लिए । शपथ लिएसँगै उनी दोहोरो भूमिकामा देखिने छन् ।
०७४ मा साह तत्कालिन राजपाबाट निर्वाचित भएका थिए । तर राजपा र जसपा एकीकरण भयो र केहि दिनमै महन्थ ठाकुर अलग भएपछि मन्त्री पद जोगाउन उनी जसपामै बसे ।
साह मन्त्रीको पाँच वर्षे कार्यकाल पूरा गर्ने भाग्यशाली मध्येका एक हुन् ।