जनकपुरधाम । नेकपा एमालेको मधेश प्रदेश संसदिय दलको नेता आज (मंगलबार) चयन हुन सकेन । संसदिय दलको बैठक बुधवार विहान ९ बजे पुन: बस्ने गरि स्थगित भएको छ ।
मंगलवार जनकपुरधाममा पार्टी सचिव र मधेश प्रदेश ईन्चार्ज रघुविर महासेठ, सह ईन्चार्ज ज्वाला साह, अध्यक्ष रामअवतार यादव, नेताहरु लिलानाथ श्रेष्ठ, जुली महतो, सुमनराज प्याकुरेल सहितको उपस्थितीमा भएको अवेर साँझ सम्म भएको बैठकले दलको नेता निश्कर्ष लगाउन सकेन ।
एमाले स्रोतका अनुसार सहमतीमै दलको नेता छान्ने र त्यसका लागि पुन: बुधवार विहान ९ बजे बैठक बस्ने तय भएको छ । दलको नेतामा महोतरीका सरोज यादव, सप्तरीका राजकुमार लेखी, धनुषाका रामचन्द्र मण्डल र महोतरीकी शारदा देवी थापाको दावी छ ।