2024-11-16

Close

रितेश शर्मा, जनकपुरधाम । धनुषा र सिरहा जोडने कमला नदीमा भासिएको कमला पूलमा केही स्थानीयहरुले गैर–कानुनी असुली जारी राखेको छ ।

दुई तर्फा आवतजावतको लागि मोटरसाईकललाई १०० रुपैयाँ लिँदै आएको कमला पूलमा सिरहा प्रहरीको एक्सनपछि अहिले २० रुपैयाँ मात्र लिन थालेको छ ।                             सिरहा प्रहरीका प्रवक्ता डिएसपी सुभाष बुढाथोकी र न्यूज ब्यूरोको गुनासोपछि सिरहा प्रहरीले मोटरसाईक वापत आवतजावत गर्न लिदै आएको एक सय रुपैयाँ अब दिनुपर्ने छैन् ।

सिरहाको बसबिट्टाका स्थानीयहरुले सार्वजनिक सरकारी पूलमा काठको अस्थायी पूल जोडेर सर्वसाधारणसँग दैनिक ३० हजार रुपैयाँसम्म असुल्दै आएको थियो ।

सो असुल गरिएको रकम कुनै पनि समिति वा सरकारलाई एक रुपैयाँ नबुझाई सबै रकम उनीहरु झवाम्म पार्दै आएका थिए । एक तरफबाट ५० रुपैयाँ र पुनः फिर्ता आउँदा ५० रुपैयाँ गरी १०० रुपैयाँ लिदै आएकोमा डिएसपी बुढाथोकीको निर्देशनपछि अहिले मात्र २० रुपैयाँ लिएर मोटरसाईकल आवतजावत गर्न दिएको हो ।

उदघाटन नहुँदैँ भाँसिएको कमला पूलमा बसबिट्टाका स्थानीयहरुले बलजबरदस्ती सर्वसाधारणहरुसँग १०० रुपैयाँ लिँदै आएका थिए । गरिब, विपन्नसँग रकम नहुँदा पुल नै पार गर्न नदिने जस्तो गैर–कानुनी र अमानवीय व्यवहार गर्दै आएको जनगुनासोपछि न्यूजब्यूरोले सिरहा प्रहरीसँग गुनासो गरेको थियो ।

न्यूज ब्यूरोको गुनासोपछि तुरुन्त एक्सनमा आएको सिरहा प्रहरीले सो ठाउँमा प्रहरी टोली पठाएर आवतजावत गर्नेसँग मात्र २० रुपैयाँसम्म लिन सकिने वातावरण निर्माण गरेको थियो । उनीहरुले आफ्नो लगानीमा अस्थायी पूल बनाएको भन्दै एकतर्फबाट १० रुपैयाँ र फिर्ता भए पनि १० रुपैयाँ गरी मात्र २० रुपैयाँ लिन निर्देशन दिएको थियो ।

यद्यपी, सो पूलमा अहिले पनि प्रहरी नहुँदा १०० रुपैयाँ लिने गरेको छ । यता, सिरहा प्रहरीका डिएसपी सुभाष बुढाथोकीले २० रुपैयाँभन्दा अधिक लिए प्रहरीलाई खवर गर्न आग्रह गरेका छन् । उनले एक तर्फा मात्र १० रुपैयाँभन्दा अधिक लिए नदिन र जबरदस्ती गरे बसबट्टिा बाँधमा खटाईएको प्रहरीलाई जानकारी गराउन आग्रह गरे ।

सोही क्रममा अस्थायी पूल बनाउनेहरुले पुललाई हटाउने निर्णय गरेको जानकारी प्राप्त भएको छ । यद्यपी, प्रहरीले यतिदिनसम्म असुलिएको रकम कुनै सरकारी कोषमा कुनै राजस्व नगएको भन्दै सो अस्थायी पूल अब हटाउन नमिल्ने बताए । पूल हटाए असुलिएको सबै रकम दैनिक ३० हजारको दरले फिर्ता गर्नुपर्ने बताइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर