प्रदेश १ मा एमालेको नेतृत्वमा सरकार गठन भइसकेको छ । बाँकी रहेका ६ वटा प्रदेशको पनि बाँडफाँट भएको हो । जसमा गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउनेछ ।
बागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेश प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको हो ।
यस्तै, प्रदेशका अन्य मुख्य पदमा पनि दलहरुबीच भागबण्डा भएको छ । मधेश र कर्णाली प्रदेशसभा सभामुख एमालेले पाउनेछ भने प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको सभामुख माओवादीले पाउनेछ । यस्तै, बागमती प्रदेशसभा सभामुख राप्रपाले पाउने भएको छ ।
यसैगरी, प्रदेश १ र गण्डकीको उपसभामुख एमाले, बागमती र कर्णालीको उपसभामुख माओवादी, लुम्बिनीको उपसभामुख राप्रपा र मधेश प्रदेशको उपसभामुख जनमत पार्टीलाई दिने सहमति भएको छ ।
सुदूरपश्चिमको उपसभामुख नागरिक उन्मुक्ति पार्टीलाई प्रस्ताव गरिएको छ ।