अप्पन जनकपुर
सुरेश यादव, नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ८ लाेहसडा स्थित धर्मेन्द्र यादवकाे पाल्हि एग्राे प्रा लिमा ठुलाे मात्रामा अबैध चिनी लुकाई छिपाई राखिएको विषेश सुचनाकाे आधारमा राजश्व अनुसन्धान कार्यालय बुटवलबाट राजश्व अनुसन्धान अधिकृत,जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट प्रहरी निरीक्षक र सशस्त्र प्रहरी बल २६ नम्बर गण हे.क. पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षककाे कमान्डमा खटिएको संयुक्त प्रहरी टाेलीले उक्त एग्राे फार्ममा छापा मारी आन्दाजी रु ६३ लाख ११ हजार २ सय ५० मुल्य बराबरको १६८३ बाेरा (८४१.५ क्विन्टल) बरामद गरेकाे प्रहरी नायब निरीक्षक भाेजराज पाण्डेले जनकारी दिएको छ ।
बरामद गरिएकाे उक्त चिनी आवश्यक कार्वाहीकाे लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाउने कार्य भईरहेकाे पश्चिम नवलपरासी प्रहरीले जनाएको छ ।