2025-01-18

Close

जनकपुरधाम । सरस्वती पुजाको अवसर पारेर जथाभावी मोटरसाईकल (मोसा) कुदाउनेहरुलाई धनुषा प्रहरीले कारवाही गरेको छ ।

सरस्वती पुजाको अवसरमा बिना हेल्मेट, बिना कागजातको गाडी चलाउने, ओभरस्पीड चलाउने, गल्लीमा चर्को आवाजमा गाडी कुदाउनेहरुलाई जिल्ला प्रहरीले पक्राउ गरी कारवाही गरेको छ ।

धनुषा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको सप्ताहव्यापी अभियानको पहिलो दिन बिहिवार १ सय ६४ वटा मोटरसाइकल र १ सय २७ जना चालकहरुलाई नियन्त्रणमा लिइएको छ ।

सवारी चलाउने बेलामा अनिवार्य राख्नु पर्ने कागजातहरु लाइसेन्स, बिलबुक सहितका नबोेकेको सवारी चालकहरुलाई पक्राउ गरिएको छ ।

त्यसैगरि भिडभाडमा तीव्रगतिमा गाडी चलाउने, हेलमेट नलगाउने, मोटरसाइकलमा दुईजना भन्दा बढि सवार भएको सहितको ट्राफिक नियम विपरीत काम गर्नेहरुलाई पक्राउ गरिएको छ ।

विहिवार पक्राउ पर्नेहरुमा अधिकांश किशोर, युवा तथा विद्यार्थीहरु रहेका छन् । चालकले गरेको कसुर अनुसारको जरिवाना लिएर सवारी साधन अभिभावकलाई जिम्मा लगाइने समेत धनुषा प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर