2025-01-19

Close

जनकपुरधाम । जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा फागुन १ गते सार्वजनिक बिदा रहेको छ । जनयुद्ध दिवसमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय मधेश सरकारले राजपत्रमै प्रकाशित गरिसकेको छ ।

लालबाबु राउत नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट गृह तथा संचार मन्त्री भएका भरत प्रसाद साहको प्रयसामा गत वर्ष नै फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । गत वर्ष फागुन १ गते पनि मधेश सरकारले जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा दिएको थियो भने माओवादीको दश वर्षे जनयुद्धमा सहिद, बेपत्ता भएका परिवार र घाइतेलाई एकएकलाख रुपैयाँ वितरण गरेको थियो ।

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने मधेश सरकारको अनुसरण अन्य प्रदेशले पनि गर्न थालेको छ । बागमती प्रदेशले पनि जनयुद्ध दिवसको यसवर्षदेखि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर