2025-01-02

Close

चाडपर्व नजिकिएसँगै बारा जिल्लाको बिभिन्न नाकाबाट ब्यापक रुपमा तस्करी शुरु भएको समाचार प्राप्त भएको छ।
बारा जिल्लाको नेपाल भारतको सिमामा पर्ने विभिन्न नाका बलिरामपुर, छातवा बरैनिया ,मटिअर्वा, आमवा, सिम्रौनगढ, पिपरपाती, कवहीगोठ, गोपालगंज लगायतका नाकाहरुबाट अवैध रुपमा लत्ता कपडा, सुर्ती,कस्मेटिक , रजनीगंधा, पानपराग, रांगा भैसी लगायतका सामानहरु तस्करहरुले भारतबाट भन्सार छलेर नेपाल भित्रयाई रहेकाछन भने सो नाका हुदै नेपालबाट भारत तर्फ कबाड, मरिच , छोकडा लगायतका सामानहरु तस्करी हुने गरेको स्थानियहरुले बताएकाछन ।
बारा जिल्लाको सिमानाकाहरुमा रहेको सशस्त्र प्रहरी बल बिओपी र प्रहरी चौकीहरुको मिलोमतोमा रातीको समयमा तस्करहरुको समुहले सो नाकाहरुबाट रातभरी तस्करी गरिरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
त्यसैगरि बाराको बलिरामपुर नाकावाट तस्कर समुहले १० वटा साईकल प्रयोग गरि माछाको तस्करी गराउदै आएका छन् भन्ने मटिआर्वा ,सिम्रोनगढ र गोलागंज नाकाबाट ठुलो मात्रामा लत्ताकपडा ,हाडयेवर , सुर्ती , स्टिलको भाडाकुडा , मोबाइलको पार्टस र गाई भैसीको तस्करी ठुलो मात्रामा हुदै आएको नाम नछाप्रने सर्ता एक व्यापारीले बताएका छन्।
केही स्थानबाट तस्करी गरेको सामान समातेजस्तो गर्ने तर निश्चित नाकाबाट तस्करी संस्थागत गर्ने काम भएको स्थानीयको आरोप छ । तस्करहरुले बाराको ग्रामीण नाकाको पिपरपाति , क्वही गुठी नाका बढी उपयोग गरेका छन् ।

नेपाल भारत सीमा नाकामा नेपाल प्रहरीको चौकीहरु भएपनि रातभर मोटरसाईल ओहोरदोहोर गर्दा समेत कुनै चेकजाँच गरेको छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरीका इन्चार्जहरुको मिलेमतोमा समेत तस्करी मौलाईरहेको छ । एक स्थानीय बासिन्दाका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि ‘नयाँ जोगीले बढी खरानी घसेझै’ नयाँ नयाँमा बढी हल्ला गरेको जस्तो देखिएको छ ।
राङ्गा भैसी लगाएतका बस्तुहरु व्यापक मात्रामा तस्करी हुँदा समेत प्रहरीले नियन्त्रणमा कुनै चासो नदेखाउनुले नेपाल प्रहरी र सशस्त्र प्रहरको मिलोमतो हुनसक्ने स्थानीयले आशंका छन् ।
बाराका यि नाकाहरुबाट ठुलो मात्रामा तस्करी हुदै आएकोले वीरगंज भन्सारको राज्शव पुरा हुन नसकेको एक कर्मचारीले दाबि गरेका छन्।यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति आवशयक देखिएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर