वीरगंज ५ आईतबार
पर्सा प्रहरीले लागू औषध गाँजा सहित १ जनालाई नियन्त्रणमा लिएको छ।
वीरगंजबाट प्रहरीले भारतिय नम्बरको मिनी ट्रकबाट १४९ केजि प्रतिबन्धित लागू औषध गाँजा सहित एकजनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनको आधारमा प्रहरी उपरीक्षक कोमल शाहको कमाण्डमा खटिएको टोलीले वीरगंज महनगरपालिका वडा वडा नम्बर १६ईनार्वा गाऊबाट भारतिय नम्बरको BR0GA9691 नम्बरको मिनीट्रकलाई रुकी चेकचाँज गर्दा पछाडीको भागको तल्लो गोप्य सामन राख्ने ठाऊ बनाई लुकाई छिपाई राखेको प्रतिबन्धित लागू औषध गाँजा १४९ किलो सहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो।
पक्राउ पर्नेमा प्रतिबन्धित लागूऔषध गाँजा १४९ किलो सहित भारत बिहार मोतिहारी चम्पारणका लक्ष्मीपुर निवासी ओमप्रकास सिंहलाई पक्राउ गरि लागू औषध सम्बन्धि कसूरमा मुद्दा चलाई थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो।
त्यसै गरि प्रहरीले वीरगंजको शंकरचार्यगेटमा प्रहरी चौकी ईनार्वाबाट खटिएको टोलीले शंकास्पदरुपमा ईरिक्सा
रक्सौलबाट वीरगंज तर्फ जादै गरेको ईरिकसालाई रुकी चेक जाँच गर्दा प्रतिबन्धित लागू औषध onerex१०० mlलिखेएको सिरफ ५ कार्टुनमा १७८ बोतल सहित ईरिक्सा र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर १५ भिस्वाका बलजित यादबलाई १७८ बोतल सहित बरामद गरि लागू औषध सम्बन्धि कसूरम मुद्दा चलाई थप अनुसन्धान भईरहेको पर्सा प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो।