जनकपुरधाम । मधेश प्रदेश सरकारको अर्थमन्त्री संजय कुमार यादवले स्वास्थ्य क्षेत्रलाई मधेश प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताएका छन् ।
मधेशी स्वास्थ्यकर्मी फोरमको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले मधेश प्रदेश सरकारले स्वास्थ्य क्षेत्र र त्यसमा लागेका स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखि काम गर्ने बताए ।
मन्त्री यादवले कोरोनाकाल होस् या मधेश आन्दोलनमा स्वास्थ्यकर्मीहरुले संघीयता कार्यान्वयनमा समेत आफूँहरुको सहयात्री भएर काम गरेको भन्दैँ प्रंशसा समेत गरेका छन् । उनले प्रदेश सरकारले स्वास्थ्यकर्मीहरुको सल्लाह र सुझाव समेटर मात्रै त्यस क्षेत्रको अगामि नीति तथा कार्यक्रम तयार पार्ने समेत बताएका छन् । उनले गत सरकारबाट भएको कमी कमजोरी सुधार गरी अघि बढ्ने समेत प्रतिवद्धता जनाएका छन् ।