काठमाडौं । नेपाल प्रहरीको ३० औं प्रहरी महानिरीक्षक (आईजीपी) मा बसन्त बहादुर कुँवर नियुक्त भएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । कुँवरले आइतबारदेखि कार्यभार सम्हाल्नेछन् ।
३० वर्षे सेवाअवधिका कारण हालका आईजीपी धीरजप्रताप सिंहले आज (शुक्रबार) राति १२ बजेदेखि अनिवार्य अवकाश पाउने भएपछि रिक्त स्थानमा कुँवरलाई बढुवा गरिएको हो ।