2024-12-22

Close

वीरगंज २१ गते
नेपाल सरकारले सिमानाका हुने विभिन्न किसिम आपराधिक गतिविधिलाई रुकनको लागि सुरक्षा चुस्त, तन्दुरुस्त बनाउनको लागि कडा निर्देशन दिएपनि सिमानाकामा रहेका सशस्त्र प्रहरीले आर्थिक प्रलोभनमा परि रातभरि तस्करी गराउदै आएका छन्।
सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीको आखाँको अगाडिवाट तस्करहरुले रातभरि वीरगंज भन्सार ,भकुवानाका , छपकैया ,अमरपर्टी, प्रसौनी, धोरे , पकाहा, सबैठवा , भिखमपुर र स्वर्णपुर नाकाहरुवाट तस्करी हुदै आएको छ।
वीरगंज भन्सारको मुख्य गेटको अगाडी र ईनार्वा गाऊबाट तस्करहरुले लत्ताकपडा , जुत्ता चप्पल , रेडबुल्लु , माछा अटो र टेम्पुमा लोड गरि तस्करी गर्दे आएका छन्।वीरगंज भन्सार भन्दा करिव २ किलोमिटरको दुरीमा रहेको छपकैयाको छोटो भन्सारको बाटो भई रातभरी तस्करी भईरहेको समाचार प्राप्त भएको छ।
सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीको मिलोमतोमा नाकाबाट व्यापक रुपमा तस्करी भईरहेको स्रोतले जनाएको छ।
तस्करहरुले अहिले छपकैया र श्रिसियानाकावाट दैनिक ५० लाख रुपैया भन्दा बढीको भन्सार छलेर अबैध रुपमा लत्ता कपडा , हाडयेवर , जुता , बिष्फोटक पटका , काजु किसमिस र कुखुराको चल्ला रातभरी भित्रयाउने गरेकाछन । प्राप्त समाचार अनुसार दिन्हु राति लत्ताकपडाको तस्करी गर्ने एक तस्करले सो नाकावाट १० देखि १५ वटा मोटरसाइकलमा कपडाको गढिया बनाई लोड गरि सशस्त्र प्रहरीको सहयोगले भारतवाट नेपाल भित्राउने गरेको नाऊ नछाप्रने सर्तमा एक स्थानियले यस अनलाईन बताएका छन्।
अहिले पर्साको ईनार्वा गाऊ, वीरगंज भन्सार , खल्लवा श्रिसिया , छपकैया गाऊको नाकाबाट दैनिक रातीको समयमा भारतबाट लत्ता कपडा , हाडयेवर , रजनिगंधा लगाएतका लाखौ रुपैया बराबरको सामानहरु तस्करहरुले अबैध रुपमा भित्राई वीरगंजको विभिन्न ट्रान्सपोर्टेहरुमा पुर्‍याउने गरेको छ।
पर्साको ग्रामीण भेगको नाका अमरपर्टी , प्रसौनी , सबैठवा नाकाबाट रातीको समयमा ४ जनाको समूहले प्रति गोटा भैसीको १ हजार दरले सशस्त्र प्रहरीका बिओपीका ईन्चार्जहरुलाई र ५०० रुपैया डियुटी खर्च दिदै दिन्हु ५० देखि १०० गोटा सशस्त्र प्रहरीको मिलोमतोमा भारतबाट नेपाल भित्राउने गरेको नाम नछाप्रने सर्तमा एक व्यापारीले बताएका छन्।सो नाकाबाट रातीके समयमा मोटरसाइकलमा लत्ताकपडा लोड गरि दिन्हु २० देखि ३० पोका सम्म पर्साको ग्रामीण बजार बिश्रामपुर, महुवन , पोखरीया , डकैला बहुअरी , रङ्गपुर र बाराको जितपुर र सिमरा बजार सम्म पुर्‍याउने गरेको छ।
यसरीनै भिखमपुर , महादेव पर्टि र स्वर्णपुरनाकाहरु बाट व्यापक रुपमा गाई , भैसी , लत्ताकपडा , हाडयेवर , राजनिगंधा र जुत्ता चप्पल , र नेपालवाट पेस्ट , कास्मिटीक सामानहरु तस्करी भईरहेको स्थानीयहरुले बताएका छन्।
स्रोतको अनुसार वीरगंज भन्सार , छपकैया ,अमरपर्टी , सबैठवा र भिखमपुर लगाएतका बिओपीहरुले घुमुवा समेत परिचालन गरेको नाम नछाप्रने सर्तमा एक प्रहरीले यस अनलाईनलाई बताएका छन्।
सशस्त्र प्रहरी बल हेडक्वाटरले सिमानाकामा हुने चोरी तस्करी नियन्त्रणको लागि पर्साको ५ वटा बिओपीमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) को दरबन्दी कायम गरेको छ। सशस्त्र प्रहरीका डिएसपीहरु बिओपीमा आएपनि विगतको दिनमा हुदै आएको तस्करी अहिले पनि बन्द हुन सकेको छैन।
सशस्त्र प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी शुरु भएपछी सरकारलाई दैनिक रुपमा लाखौं रुपैया राजश्व घाटा हुदै आएको छ । यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति अावशयक देखिएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर