बिपिन यादव, जनकपुरधाम । नेपाल भेटेरिनरी एशोसिएसन मधेश प्रदेश शाखाको अध्यक्षमा डा. बिनोद कुमार यादव निर्वाचित भएका छन् ।
जनकपुरको अन्नपूण होटेलमा चैत २५ गते भएको शाखाको तेस्रो साधारणसभा तथा अधिवेशनले यादवको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
समितिका उपाध्यक्षमा डा. भरत झा, सचिवमा डा. पवन कुमार झा, सहसचिवमा डा. सुभाष कुमार सिंह, कोषाध्यक्षमा डा. अमर कुमार महतो निर्वाचित भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा डा. जितेन्द्र कुमार साह, डा. हरिन्द्र गुप्ता, डा. सुभाष झा, डा. निरन्जन यादव, डा. जयकिशोर यादव र डा. सुरेन्द्र कुमार कापर निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि- डा. नम्रता सिङ्ग कृषि भुमि तथा सहकारि मन्त्रालयका सचिब, बिशिस्ट अतिथिहरु- डा.कृष्ण काफले (नेपाल भेटेरिनरी एसोसिएसनका उपाध्यक्ष)
डा.राम कुमार मडल (नेपाल भेटेरिनरी परिषद का सदस्य)
डा. जागेशवर यादब (पशुपक्षि तथा मत्स्य बिकासका निर्देशक)
अतिथिहरु- डा. अशेस भटराई (नेपाल भेटेरिनरी एसोसिएसनका महासचिब)
डा. शयाम किशोर साह, डा. दिनेश कुमार सिग, डा ईन्रद कानत झा लगायत केन्द्रीय समितिका पदाधिकारीहरुको समेत उपस्थिति थियो ।