2025-02-05

Close
बाराको बलिरामपुर, मुशहर्वा र छतवा नाकावाट लत्ताकपडा तस्करी शुरु:बिओपी प्रमुख देउजा र तस्करहरु मालामाल राज्शव कंगाल

तस्करहरुले सशस्त्र प्रहरी निरीक्षक देउजालाई आर्थिक प्रलोभनमा पारी लाखौं रुपैया बराबरको दिन्हु लाखौं रुपैया बराबरको तस्करी गर्दे आएको कारणले वीरगंज भन्सारको राज्शवमा कमि आएको छ।

कृष्णा यादव
बीरगंज ३० चैत्र
सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीको मिलोमतोमा बाराको मुशहर्वा बलिरामपुर, बरैनिया, छतवा, नाकाबाट सशस्त्र प्रहरी ब्यापक रुपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ ।
बाराको मुशहर्वामा रहेको सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको चौकीका प्रहरीहरुलाई नजराना दिएर दैनिक ५० लाख रुपैया भन्दा बढीको भन्सार छलेर अबैध रुपमा लत्ता कपडा , हाडयेवर , जुता , गाई भैसी भित्रयाउने गरेकाछन । प्राप्त समाचार अनुसार हिजो राति बलिरामपुर र मुशहर्वाको केहि व्यापारीहरुले १० वटा मोटरसाइकलमा लत्ताकपडा लोड गरि इटिहाईमा रहेको नहरको बाटो प्रयोग गरि तस्करहरुले परवानिपुर भई जितपुर बजार र सिमरा सम्म पुर्‍याउने गरेको एक व्यापारीले बताएका छन्।
अहिले बाराको बलिरामपुर मुशहर्वा नाकाबाट दैनिक रातीको समयमा भारतबाट लत्ता कपडा , हाडयेवर , गाई , भैसी लगायतका लाखौ रुपैया बराबरको सामानहरु तस्करहरुले अबैध रुपमा भित्राउने गरेपनी बारा जिल्लाका नाकाहरुमा बसेका सशस्त्र प्रहरी र नेपाल प्रहरी रकम बुझेर आखामा पटटी बाधेर चुप लागेर बस्ने गरेकाछन ।
बारा जिल्लाको बलिरामपुर , मुसहरवा , छतवा नाकावाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा ब्यापक रूपमा तस्करी भईरहेको अहिले ब्यापक चर्चामा रहेपनी बाराका सशस्त्र प्रहरी प्रमुख र नेपाल प्रहरी प्रमुख कानमा तेल हालेर बस्ने गरेकाछन ।
बाराको मुशहर्वा,बलिरामपुर नाकाबाट दैनिक लाखौं रुपैयाको तस्करी भईरहेको छ। तस्करले दिन रात उक्त नाका बाट दैनिक रुपमा गाई , भैसी सुर्ती, राजनिवास, , रजनीगंधा, लत्ताकपडा , कुखुराको चल्ला , हाडयेवर, काजु किसमिस र लागाएतको सामाग्री तस्करी गरिरहेको स्थानीयले बताएका छन्।
बाराको बलिरामपुर र मुशर्हवाको, बरैनिया , छतवानाका प्रयोग गरी रातभरी कपडा , हाडयेवर , रंजनिगंधाको , भैसी , चल्ला तस्करी भइरहेपनी सो नाकाको प्रहरीहरुले केही कडाई नगरेपछी सशस्त्र प्रहरी र नेपाल प्रहरी माथी नै प्रश्न चिन्ह खडा भएको छ । बाराको बलीरामपुर मुशहर्वा र भारतका नामुद तस्करहरु बाराको बलीरामपुर र मुशर्हवाको नहरको बाटो हुँदै ईटियाहीको बाटो प्रयोग गर्दै बारा जिल्लाको परवानीपुर, जितपुर र सिमरामा दैनिक लाखौं रुपैया कपडा , हाडयेवरको , गाई भैसी तस्करहरुले जितपुर सम्म पुर्‍याउने गरेको स्थानियहरुले बताउछन ।
सशस्त्र प्रहरी बल बिओपी मुशहार्वाका सशस्त्र प्रहरी निरीक्षक दिनेश देउजाले तस्करहरु संग मोटो नजरना बुझि दिन्हु लाखौंको राज्शव छलि गराउनमा सक्रिय भएपनि उनको माथिल्लो निकायका प्रमुखहरु मौन बस्नु शंकाको बिषय बनेको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर