वीरगंज १९ बैशाख
पर्सा प्रहरीले वीरगंजको रजतज्यन्ती चौकबाट भारतिय प्रतिबन्धित ५ लाख ७५ हजार सहित २ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनार्वा पर्साको संयुक्त चेकिङ्ग टोलीले रक्सौलबाट वीरगंज तर्फ आउदै गरेका पैदल यात्रीलाई रुकी चेकजाँच गर्द भारतिय प्रतिबन्धित ५०० को दरको नोट-३६३ थान रु.२०० को नोट-१३ थान, रु.१०० दरको नोट-१४५ थान रू.५० दरको नोट-२८ थान गरी जम्मा २ लाख रुपैया सहित गोरखपुरका बिनोद गुप्तालाई पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभयो।
त्यसैगरि वीरगंजको रजतजयन्ती चौकमा रहेको प्रहरी
चेकीङ टोलीले चेकजाँच गर्ने क्रममा मोतिहारिका अमित सिंहले बोकेको झोलाभित्र भारतीय प्रतिबन्धित नोट रु.२००० दरका नोट-२१ थान, रू.५०० दरको नोट-६४४ थान रू.२०० दरको नोट-३३ थान रु.१०० दरको नोट-४५ थान र रू.५० दरको नोट-१४ थान गरी जम्मा भारतीय रू.३लाख७५ हजार ,८००सय रुपैया सहित पक्राउ गरेको साहले जानकारी दिनुभयो।
पक्राउ परेको पौने ६ लाख रुपैया सहित गुप्ता र सिह दुबैजनालाई थप अनुसन्धानको लागि राजश्व कार्यालय पथलैया बारामा बुझाएको प्रहरी उपरीक्षक शाहले बताउनुभयो ।