जनकपुरधाम । जनकपुरबाट काठमाडौं उड़ान भर्ने क्रममा सोमबार साँझ बुद्ध एअरको विमानमा मुसा देखिएको छ ।
यु४–५०८ नम्बरको बुद्ध एअरको सो विमान जनकपुरबाट काठमाडौंका लागि उडान भर्ने क्रममा रनवेमै पुग्दा जहाजभित्र मुसा देखिएको हो ।
दिउँसो ४ः३० बजे उडान भर्ने समय रहेको सो विमान साँझ ५ः३७ मा उडान भरिरहेका बेला रनवेमा पुगेपछि विमानभित्र अचानक मुसा देखिएको एक यात्रीले बताए । विमानमा मुसा देखेपछि यात्रीहरु अत्तालिएका थिए ।
काठमाडौंका लागि उड़ान भर्नै लाग्दा मुसा देखा परेपछि विमान पुनः पार्किङ्गमा फर्काइएको एक यात्रीले जानकारी दिए । फ्लाइट रद्द हुँदा यात्रुहरू बिचल्लीमा परेका छन् ।
यसअघि पनि जेठ ७ गते साँझ जनकपुरधाम विमानस्थलको रनवेमा स्याल कुदेपछि अवतरण नगरेर यति एअरलाइन्सको जहाज काठमाडौँ फर्केको थियो । पाइलटले दुई पटक अवतरण गर्न खोजे पनि रनवेमा स्याल देखिएपछि जहाज काठमाडौँ फर्केको थियो ।
पाइलटले एटीसीलाई रनवेको अवस्थाको बारेमा जानकारी गराउँदा जहाज अवतरण नगर्न सुझाएपछि जहाज ओभरसुट गरी फर्केको थियो ।
त्यसअघि, जनकपुरधामबाटै काठमाडौं उड्न लागेको बुद्ध एअरको विमानमा मुसा देखेपछि उडान स्थगित भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बुद्ध एअरको विमानमा मुसा देखिएको पुष्टि गरेका थिए । ४९ जना यात्रुको बोडिङ भइसकेपछि जहाजमा मुसा देखिएको थियो ।
जनकपुरधाम । जनकपुरबाट काठमाडौं उड़ान भर्ने क्रममा सोमबार साँझ बुद्ध एअरको विमानमा मुसा देखिएको छ ।
यु४–५०८ नम्बरको बुद्ध एअरको सो विमान जनकपुरधामबाट काठमाडौंका लागि उडान भर्ने क्रममा रनवेमै पुग्दा जहाजभित्र मुसा देखिएको हो ।