2025-01-02

Close

वीरगंज ७ आषाढ
राजश्व सङ्कलन गरि देशको अर्थमा योगदान दिने विभिन्न निकाय मध्येको एक प्रहरी सङ्गठन पनि हो । जसले शान्ति सुरक्षा कायम गर्नुको साथै अपराधीक गतिविधि र तस्करीलाई नियन्त्रण गर्ने गर्दछ ।अर्थमा ठुलो योगदान पुर्‍याउने अर्थ सेना भन्ने सशस्त्र प्रहरी नै तस्करी गराउदै आएपछि देशको अर्थतन्त्र कता जला भन्ने प्रशन उठेको छ?
देशमा आर्थिक मन्डी भएकोले नेपाली सरकारले कर्मचारीलाई तलबै नदिने अवस्था रहेको बेलामा सशस्त्र प्रहरी संगठनका केही जिम्मेवार प्रहरीले तस्करीमा कडाई गरि देशको राज्शव बढाउनु पर्नेमा जोडदिदै आएपनि केही भ्रष्ट प्रहरीहरुले उल्टे भिखमपुर नाकाबाट तस्करीको लाईन दिई तस्करी गराउने सशस्त्र प्रहरीलाई तपाईं के भन्नुहुन्छ ?
सीमा नाकाबाट हुने चोरी तस्करी नियन्त्रण गर्नुको लागि सरकारले पहिलो फेजमा सशस्त्र प्रहरीलाई परिचालन गरेको छ।तर सिमानाकामा हुने तस्करी गराउनमा सशस्त्र प्रहरी बल बिओपी र गुल्मको सेटिङ्गमा नै विभिन्न नाकाहरुबाट तस्करी गराउदै आएका छन्।
देशकै विभिन्न नाकाहरु तस्करी बढेपछि तस्करी नियन्त्रण गर्नेको लागि सशस्त्र प्रहरी बल हेडक्वाटरले सिमानाकामा रहेका विभिन्न बिओपीहरुलाई गुल्मामा परिवर्तन गरि डिएसपीको दरबन्दी गरि पैठाएको छ ।बिओपीहरुलाई गुल्म मा परिवर्तन गरेकोमा तस्करी कम हुनु पर्नेमा झन उल्टे तस्करी बढेको छ।हालै पर्सा जिल्लाको सशस्त्र प्रहरी बल बिओपी भिखमपुरलाई गुल्ममा परिवर्तन गरि सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी प्रमोद खड्कालाई सिमानाकामा हुने चोरी तस्करी नियन्त्रणको लागि पैठाएको छ।उहाँ आएको दिन देखि नै चोरी तस्करी नियन्त्रण हुनु पर्नेमा उल्टै तस्करी झन ठुलो मात्रामा शुरु भएको छ।
त्यसैगरि अवैध कारोबारलाई नियन्त्रण गरी राजश्व सङ्कलनमा बढोत्तरी गर्न नेपाल सरकारले सीमा नाकाको ठाउँ ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ । तर त्यही प्रहरीहरूले तस्करहरु साँठगाँठमा गरि तस्करीलाई तीव्रता दिएको पाइएको हो ।
खासगरि भारतको सिमानाका संग जोडिएको भारतीयको ईनार्वा बाजर , भंगाहाबजार बाट लत्ताकपडा , जुत्ता चप्पल,हाडयेवर ,काजु, कुखुराको चल्ला ,हाडयेवर तथा इलेक्ट्रोनिक पार्ट पुर्जा र गाई ,भैसीको तस्करी तिब्र रुपमा बढिएको हो।
सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख सुमन थपलियाले पर्सा जिल्लाको प्रमुख भई जिम्मेवारी सम्भालेको दिन देखि तस्करीमा कडाई गरि तस्करीको सामानहरु धमाधम पक्राउ गरि करोडौंको राज्शव वीरगंज भन्सार बुझाउदै आएपनि सशस्त्र प्रहरी बल भिखमपुरका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद खड्काले उनीलाई बदनाम गराउने लागि परेको प्रहरी स्रोतले बताएका छन्।
सशस्त्र प्रहरी बल हेडक्वाटरका प्रमुख सशस्त्र प्रहरी महानिरिक्षक राजु आर्यलले कुनै पनि पत्र पत्रिका र अनलाईनमा न्युज आएको आधारमा सिमानाकामा रहेका गुल्म र बिओपी प्रमुखहरुलाई नतानिने भन्दै आएपछि तल्लो तहको प्रहरीहरुले आफ्नो समाचार प्रकाशन भएपनि केही नहुने भन्दै तस्करहरु साठगाठ गरि तस्करी लाईन ठुलो सुचारु गराउदै आएको नाम नछाप्रने सर्तमा सशस्त्र प्रहरीका एक अधिकारीले बताएका छन्।
राज्शव चुहावट नियन्त्रण गर्ने खटाएको प्रहरी टोलीनै तस्करी गराउन लागेपछि सशस्त्र प्रहरीको तल्लो देखि माथिल्लो निकाय सम्मको सेटिङ्ग रहेको शंकाको बिषय बनेको सर्वसाधारणहरुले बताउछन्।

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर