2025-01-02

Close

वीरगंज ७ आषाढ
सशस्त्र प्रहरी बल प्रस्तावित सुरक्षा गुल्म बीरगञ्ज पर्साले करिब साढे एक करोड रुपैया बराबरको विभिन्न किसिमका भन्सार छलि गरि ल्याएको सामानहरु पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल गुल्म भन्सारले सिमानाकामा हुने अवैध तस्करीमा कडाई गरि चेत महिनाको पहिलो सता देखि जेष्ठ मसान्तको अन्तिम सता सम्म करिब १ करोड ५७ लाख १२ हजार ३ सय २५ रुपैयाको सामानहरु बरामद गरि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल प्रस्तावित सुरक्षा गुल्माले तस्करीमा कडाई गरि वीरगंजको छपकैया , ईनार्वा , गण्डक , नागवा र ड्राईपोर्ट लगाएतको ठाऊबाट अवैध रुपले भारतबाट नेपाल भित्राएको लत्ताकपडा , हाडयेवर , मोबाईल पार्टस , काजु स्याऊ र जुत्ता चप्पल लगाएतको अवैध सामानहरु भातबाट नेपाल भित्राई रहेको अवस्थामा धमाधम पक्राउ गरि वीरगंज कार्यालय बुझाएको सशस्त्र प्रहरी बल सुरक्षा गुल्म भन्सार बीरगंजका प्रमुख गुल्म पती सशस्त्र प्रहरी नायव उपरिक्षक रामजंग पाण्डेले बताएका छन् ।
त्यसैगरि सशस्त्र प्रहरी बल प्रस्तावित सुरक्षा गुल्म बीरगंज पर्साले चैत्र महिनामा ३६ लाख दुई हजार एक सय पाँच रुपैयाँ बराबरको अबैध सामानहरु नियन्त्रणमा लिएको छ भन्ने बैशाखमा ७० लाख दुई सय २० रुपैयाँ मुल्य बराबरको र जेठ महिनामा ४८ लाख ५० हजार नौ सय ४० रुपैयाँ मुल्य बराबरको तस्करीको सामानहरु नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका डिएसपी रामजंग पाण्डेले बताउनुभयो।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको अबैध सामानहरुमा साडी, कुर्ता सरवाल, सटिङ सुटिङको कपडा, कामाख्या सिन्दुर, मोबाईल पार्टस, काजु, स्याउ, जुता चप्पल ,कस्मेटिक सामान गाडीको टायर,
चकलेट मोवाइलको ब्याट्री किराना सामान हार्डवेयर मोटर पार्टस फोटोकपी पेपर इलोक्ट्रोनिक सामान बटर क्रिम मोबिल पेन्ट, भैसी र पाडा कुखुराको चल्ला र एउटा पिकअप गाडी मोटर साइकल स्कुटी टेम्पो लगायत खाधान्न सामानहरु नियन्त्रणमा लिई अबैध सामान भन्सारलाई बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिनुभयो।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको अबैध सामानहरु मध्ये ८२ लाख २८ हजार दुई सय १५ रुपैयाँ मुल्य बराबरको लत्ताकपडा ठुलो तथा साना सवारी साधन र हार्ड वेयर रहेको सशस्त्र प्रहरी नायव उपरिक्षक पाण्डेले जानकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर