2025-01-21

Close

नरेशचन्द्र बरबरिया, सिरहा । प्रकृति एवम नदी अधिकार संरक्षण अभियान मधेश प्रदेशस्तरीय अभियन्ता सम्मिलन सम्पन्न भएको छ । शनिबार ढल्केवर धनुषामा सम्पन्न भएको छ । शनिवार ढल्केवरको कोमल होटलमा मधेश प्रदेश स्तरीय अभियन्ता सम्मीलनमा मधेश प्रदेशका आठै जिल्लाबाट प्रतिनिधिहरुको सहभागी रहेको थियो । नेपाल पानी सदुपयोग फाउन्डेसन ,ग्लोबल पिस फाउन्डेसन नेपाल,नेपाल वाटर कन्जरवेसन फाउन्डेसन,र राईट्स अफ साउथ एसियाको सहकार्य र कमला जलाधार संरक्षण अभियानको आयोजनामा एकदिने सम्मिलन भएको हो ।
कमला जलाधार संरक्षण अभियानका संयोजक बिक्रम यादवको अध्यक्षमा भएको सम्मिलन बाट १३ समिति सदस्य गठन भएको हो । प्रकृति एवम नदी अधिकार संरक्षण अभियान मधेश प्रदेशस्तरीय अभियन्ता समितिमा संयोजकमा बिक्रम यादव, सह- संयोजक जमुना पराजुली, सचिब- निरज अधिकारी सदस्यहरुमा- सोनी कुमारी बोम्जन, रिता साह, ई.मनोज कुमार साह, रामएकवाल प्रसाद यादब, श्रीप्रसाद यादब, लक्ष्मी महतो, राजकिशोर सलहैता, भैरबलाल यादब रहेका छन ।
कमला जलाधार संरक्षण अभियानका संयोजक यादवले भने न प्रकृतिको जथाभावी दोहन ,अतिक्रमण, प्रदुषण र दिनप्रतिदिन कमला नदीमा भैरहेको अबैध उत्खननले बाताबरणमा ठूलो असर परेको छ । यसका कारणले मानिसको व्यक्तिगत जीवनमा ठूलो असर पर्ने गरेको बताए ।

ग्लोबल पिस फाउन्डेसन नेपालका अध्यक्ष डा.चिरञ्जीवी भट्टराईले नदि नाला प्राकृतिक चिजलाई हामीले जसरी पनि बचाउनु पर्छ यसका लागि संघिय र प्रदेसस्तर बाटै ठोस नीति नियम बनाएर अगाडि बढनु जरुरी छ ।
उपस्थित मधेश प्रदेशका जिल्ला अध्यक्षले आफ्नो जिल्लामा भैरहेको कामको प्रगति, समस्या चुनौती र आगामी दिनमा प्रदेशस्तर बाट गरिने कामहरु बारे समुह बिच बृहत छलफल भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर